२३ बैशाख २०८१, आईतवार

रती खोलामा पहिरो, सडक अवरुद्ध


बुधबार साँझ सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डमा पर्ने रती खोला आएको ठूलो बाढीले सवारी फसे पछि उद्धारमा जुटेका यात्रुहरु
तस्विर ः सुरेश बरालको फेसबुकबाट

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका चार सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डमा पर्ने रती खोला पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भारी बर्षा संगै खोलामा आएको ठूलो बाढिले सडक भत्कीए पछि अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

बर्षा जारी रहेकाले सडक खुलाउन समय लाग्ने उनको भनाई छ । उद्धार टोलीले खोलामा फसेका सवारी बाहिर निकाले पनि सडक अनिश्चित कालका लागि अवरुद्ध भएको उनको भनाई छ ।

सडक अवरुद्ध भए पछि उक्त सडक हुँदै कर्णाली राजमार्गबाट जुम्ला कालिकोट जाने सवारी साधन तथा सुर्खेत आउने सवारी साधन अलपत्र परेका छन् ।

यस्तै सुर्खेत दैलेख सडक खण्डको घोडाबास, कर्णाली राजमार्गको राकम कर्णालीको पालताडा भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको उनको भनाई छ ।