८ बैशाख २०८१, शनिबार

गाडी धनी सहित पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सरकारको नियमको अवज्ञा गरेको भन्दै गाडी धनी सहित पक्राउ गरेको छ । शुक्रबार करिव साढे ७ बजे वीरेन्द्रनगर ११ सुब्बाकुना चेकपोष्टमा चेकजाँचको क्रममा ना ७ ख ५८१३ नम्बरको यात्रु बाहक बसलाई बस चालक नोमबहादुर शाही, सहचालक मिलन भण्डारी र गाडि धनी लोक बहादुर थापा सहित तिन जनालाई पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीको समयमा सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने नियम बनाए पनि सुर्खेत कोहोलपुर हुँदै काठमाडौँ जान लागेको जानकारी पाए पछि उक्त गाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिएको उनको भनाई छ । उनीहरुलाई जरिवाना स्वरुप दैनिक एक सय र ३० दिन कैद हुने बताए । तर उनीहरुले कैद सजायको साटो दैनिक तीन सयका दरले ३० दिनको २७ हजार ३ सय जरिवाना तिरेको उनको भनाई छ ।

साथै बसभाडा बापत उठाईएको ८९ हजार ९ सय रुपैयाँ समिति मार्फत यात्रुलाई फिर्ता गरिएको बताए । साथै अर्को सुचना नभए सम्मको लागि सवारी साधन, चालकको लाइसेन्स र उक्त बस जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेशमा नियन्त्रणमा राखिएको बताए ।