२० बैशाख २०८१, बिहीबार

कर्णालीका थप ६ जनामा कोरोना


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप छ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालका पिसिआर प्रयोगशाला रुकुम पश्चिमा गरिएको परिक्षणमा समान दुई, दुई जनामा कोरोना देखिएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमित हुनेको संख्या एक हजार नौ सय ४५ जना पुगेको छ ।

थप ६ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप छ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या एक हजार सात सय २८ पुगेको छ । कुल संक्रमण पुष्टी भएका मध्ये छ जनाको ज्यान गएको छ भने दुई सय ११ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।