१८ बैशाख २०८१, मंगलवार

२३ जना फरार अभियुक्त पक्राउ


सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट २३ जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले २० जना, जिल्ला प्रहरी कार्यालय जुम्लाले दुई जना र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक जना अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले साउन १६ गते बहुविवाह मुद्दाका एक जना, वालविवाह मुद्दाका दुई जना, जवरजस्ती करणी मुद्दाका एक जना, थुनुवा भगाएको मुद्दाका एक जनालाई पक्राउ गरेको हो ।

साउन १७ गते कुटपिट मुद्दाका चार जना, राज्य विरुद्ध मुद्दाका चार जना, केहि सामान्य अपराध मुद्दाका एक जना र सम्बन्ध बिच्छेद मुद्दाका एक जनालाई पक्राउ गरिएको हो ।

यस्तै साउन १८ गते बहु विवाह मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका एक जना, गाली वेईज्यती मुद्दाका एक जना, केहि सामान्य अपराध मुद्दाका एकजना गरी पाँच जनालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ वास्तोलाले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले केहि सामान्य अपराध मुद्दाका दुई जना फरार अभियुक्त र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चोरी मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।