१९ बैशाख २०८१, बुधबार

थप १३ जना डिस्चार्ज


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १३ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या एक हजार सात सय ४१ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा तिन सय ४८ वटा नमुना परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । यो संगै कुल संक्रमित हुनेको संख्या एक हजार नौ सय ४५ मा यथावत रहेको छ ।

कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भएको छ भने एक सय ९८ जना सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको महाशाखा प्रमुख डा. तिवारीको भनाई छ ।

मन्त्रालयका अनुसार हाल सुर्खेत २७ जना, दैलेखमा एक सय २२ जना, जाजरकोट र सल्यानमा ११÷११ जना, रुकुम पश्चिममा दुई जना र मुगुमा एक जना आइसोलेसनमा उपचार भइरहेको छ । हाल डोल्पा, हुम्ला र जुम्लामा सक्रिय बिरामीको संख्या सुन्य रहेको छ ।