४ जेष्ठ २०८१, शुक्रबार

एसईईको नतिजा आजै सार्वजनिक हुँदै


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरिने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको र केही बेरमा नतिजा प्रकाशन हुने स्रोतले जानकारी दिएको छ ।

एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । मूल्यांकन फरक भए पनि गतवर्ष जसरी नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जानकारी दिएको छ ।