४ जेष्ठ २०८१, शुक्रबार

एसइईको नतिजा सार्वजनिक


काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाफल प्रकाशित भएको जानकारी दिए । ‘भर्खरै परीक्षाफल प्रकाशित भयो,’ खकुरेलले भने, ‘परीक्षाफल बोर्डले प्रमाणीकरण ग¥यो ।’ चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको खकुरेलले जानकारी दिए ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए । ती मध्ये चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा प्रकाशसन भएको छ ।