२१ बैशाख २०८१, शुक्रबार

विषालु च्याउ खाँदा डोल्पामा ४ जना बिरामी


सुर्खेत । विषालु च्याउ खाँदा डोल्पाका चार जना बिरामी भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिकाका चार जना बिरामी भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार स्थानीय माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार साँझ च्याउ खाएका थिए । उनीहरु सोमबार बिहान ७ बजेमात्र बिरामी भएको खबर आएको बताए ।

सिकिस्त बिरामी भए पछि उनीहरुलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ । ‘बिरामी भएको खबर पाउने बित्तिकै हामीले प्रहरीको टोली त्यतातिर पठायौं, नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको छ ।’ पाटनबाट दुनै ल्याउन ६–७ घण्टा लाग्ने भएकोले हेलिकोप्टर मगाइएको उनले जानकारी दिए ।