४ जेष्ठ २०८१, शुक्रबार

पचालझरनाले सुरु गर्यो पठनपाठन


कालिकोटः जिल्लाको पचालझरना गाउँपालिकाले असोज १ गतेदेखि पठनपाठन सुरु गरेको छ ।
कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको करिब छ महिनापछि पचालझरना गाउँपालिकाले औपचारिक रूपमा नियमित पठनपाठन सुरू गरेको छ । छ महिनासम्म बन्द भएको पठनपाठन विहिवारदेखि औपचारिक रूपमा विद्यालयमै सुरू गरिएको गाउँपालिकाले जनाएको छ । गाउँ पालिका अध्यक्ष खड्कराज सेजुवालले यो भन्दा पहिले टोल टोलमा अनौपचारिक रूपमा पठनपाठन भएपनि आजवाट औपचारिक रूपमा गाउँपालिकाका सम्पूर्ण विद्यालयको पठनपाठन सुरु गरिएको बताए ।
उनले भने, ‘लामो समयको बन्दाबन्दिले बढिजसो विद्यालयमा असर परेको छ । धेरैजसो बालवालिकाहरु पढाईबाट बाहिर रहँदा विभिन्न खालका समस्या पैदा हुँदा यसलाई सामाजिक दुरि कायम राखेर पठनपाठन सुरू गरेका छौँ ।’ गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमणका विरामी छैनन् । विद्यालयमा राखिएका क्वारेन्टाईन पनि खालि गरिसकेका छौँ । वाहिरवाट आउनेहरूलाई कडा निगरानि राख्ने, तर, विद्यालय खोल्ने निर्णय गाउँ कायपालिकाले गरेका विद्यालय खोलेको अध्यक्ष सेजुवालले बताए ।
विद्यार्थी वाहिरको नभएर गाउँभित्रकै भएको हुनाले, कोरोना संक्रमणको जोखिम नहुने भएकाले पनि पचालझरना गाउँपालिकाले विद्यालय नियमित संचालन गरेको छ यस भन्दा पहिले तिलागुफा नगरपालिकाले पनि आफ्नो नगरभित्र रहेका सम्पूर्ण विद्यालय संचालन गरिसकेको छ ।