१८ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री पुग्दा पनि हटेन पलातामा लागेको वाल


कालीकोटः जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा लागेको वाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जाँदा पनि हटेको छैन ।
गत असारमा लगाइएको वाल मुख्यमन्त्री पलाँता पुग्दा पनि आफ्ना समस्या समाधान गर्नतिर नलागेकाले वाल नहटाएको स्थानीय नागरिकले गुनासो गरेका छन् । मुख्यमन्त्री पलाँता आएपछि पलाताको समस्या समाधान हुन्छ र वाल पनि भत्काइन्छ भन्ने आशा थियो मुख्यमन्त्रीले चासो नदेखाएर गएकाले वाल नभत्काइएको स्थानीयले बताए ।
पलाता गाउँपालिकामा सडक निमार्ण गर्दा भत्कीएको सिचाई कुलो पुननिमार्ण नभएर असारे खेती लगाउन नपाएको भन्दै थिर्पुका स्थानीय नागरिक दुर्ग बमले विच सडकमा वाला लगाएर सवारी साधन आवतजावतमा रोक लगाएका थिए । मुख्यमन्त्री शाही पलाता आएपछि वाल भत्काउने विषयमा दुर्ग बमलाई फोन गरि पलाता बोलाएपनि उक्त विषयमा छलफल नगरि मुख्यमन्त्री गएको भन्दै नागरिकले वाल अझै नभत्काउने उद्घोष गरे ।
पलातामा बनेको वाल भत्काउन प्रशासनले पटक पटक चिठि काटेपनि उक्त वाल हटेको छैन ।