१८ बैशाख २०८१, मंगलवार

कालीकोटमा ओलीको राजीनामा माग


कालीकोटः नेपाली काँग्रेस कालिकोटले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेको छ । बर्तमान सरकारका बिरुद्वमा नेपाली काँग्रेस कालिकोटले आयोजना गरेको बिरोध सभामा प्रधानमन्त्री ओलीको राजिनामा माग गरेको हो ।
नेपाली काँग्रेस कालिकोटका सभापती हर्षबहादुर बमको सभापतीत्व तथा नेपाली काँग्रेसका युवा नेता, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेस नेताहरुले भ्रष्टाचारी, बलात्कारी र दलालीहरुको संरक्षणमा लागेको आरोप लगाए ।
कार्यक्रममा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्बाचनमा उम्मेद्वार समेत रहेका काँग्रेस नेता शाहीले मुलुक भ्रष्टाचारमा लिप्त भएको दाबी गरे । उनले दुई तिहाईको सरकार भ्रष्टचारमा पनि दुई तिहाई देखाएको आरोप लगाए । कार्यक्रममा काँग्रेस नेताहरु मुक्तिप्रसाद न्यौपाने, मोतिराज बम, हिक्मत बिष्ट, टेकराज शाही, संकरप्रसाद उपाध्याय, दमन शाही, अम्बबहादुर शाही, मीन बहादुर बोगटी, मनराज शाही, लक्ष्मी शाही, नन्दबहादुर शाही, निलो तिरुवा, नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष बिष्णु न्यौपाने, महिला संघका अध्यक्ष भद्रा शाही लगायतका वक्ताहरुले प्रधानमन्त्री ओलीले नैतिक्ताको आधारमा राजिनामा दिनुपर्ने बताए । उनीहरुले कालिकोटबाट जितेका सांसदहरु पनि कमिशखोरी भएको दाबी गरेका थिए ।
काँग्रेस नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारी सरकार राजिनामा दे, बलात्कारी, भ्रष्टाचारीलाई कारबाही गर, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर, दुई तिहाईको पाराले, दुख पाए साराले जस्ता नाराबाजी सहित मान्म बजारमा प्रदर्शन समेत गरेका थिए ।