१९ बैशाख २०८१, बुधबार

गिफ्ट दिएको गाडि मर्मतमा १० लाख


कालीकोटः जिल्लाको रास्कोट नगरपालिकालाई दिएको गिफ्ट मर्मतमा १० लाख खर्च गरिएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गिफ्ट दिएको गाडि मर्मतमा १० लाख खर्च भएको हो ।
नगरपालिकालाई चलाउनका लागि पुरानो विग्रिएको गाडि स्थानीय विकास मन्त्रालयले दिएको हो । नगरपालिकाले १० लाख खर्च गरि गाडि कालीकोट पु¥याएपनि गाडि अहिले पुन विग्रेपछि नगरपालिकाले गाडि मर्मतमा खर्च गरेको रकमको चौतफि विरोध भएको छ । विग्रेर थन्किएको गाडि मर्मतमा नगरपालिकाले लाखौ रकम खर्च गरेपनि गाडि भने चल्ने अवस्थामा पुगेको छैन । नगरपालिकाले गिफ्ट पाएको गाडि मर्मतमै लाखौ रकम खर्च गरि भुक्तानी दिएको छ ।
मन्त्रालयले दिएको गाडि बाजुरा हुदै रास्कोट पु¥याइएको थियो । रास्कोटबाट २ पटक जितेबजार सम्म चलेको गाडि पुन विग्रीएको प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । उनले भने, ‘गाडि विग्रीएको छ, अहिले रास्कोटमै छ चल्न त गाडि चलिरहेको थियो ।’ तर स्थानीय नागरिकले गाडि ल्याएको प्रति विरोध गरेका छन् । गरिब जन्ताको लागी चढ्ने गाडी छैन । नगरपालिकाले आफु चढ्नका लागी दुई÷दुई गाडी खरिद गरिनु उचित नरहेको स्थानिय बासिहरुले आलोचना गरेका छन । जन्ताको लागी एउटा नगरबसको आवश्यकता थियो । अहिले सम्म यो व्यवस्था गर्न सकेको छैन, आफ्ना लागी भने हाइलेक्स गाडी खरिद गरेको छ । ‘बिरामी बोक्नका लागी संचालन भइरहेको एउटा उम्बुलेन्स मात्र छ । त्यहीपनी आवश्यक परेको बेला पाइदैन । नगरपालिकाले टिपर खरिद गर्यो गतवर्षमै कर्णाली नदिमै दुर्घटना भई नगरको बजेट खेर गयो । अव के भनौ ? एक स्थानीय नागरिकले भने, ‘चुनावमा भोट माग्ने बेलाका एकैबाचा पुरा गर्न नसकी जनप्रतिनिधीको कार्यकाल जान लागि सक्यो ।
मन्त्रालयले निशुल्क दिएको गाडीमा दशलाख मर्मतमै खर्चभयो भन्नु ठाडै अनियमितता गरेको हुन सक्ने नागरिकले आशंका गरेका छन् । एउटा गाडीमै दशलाख मर्मतमै खर्च भयो भनेर भन्नु कस्ले पत्ताउला ? भन्दै नागरिकले सत्य तथ्य छानविन गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।