४ जेष्ठ २०८१, शुक्रबार

छाक टार्नकै लागि भारी बोक्नुपर्ने बाध्यता


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सिमानामा पर्ने जिते बजारमा निषेधाज्ञाको समयमा पनि भारी बोक्नेको लाइन हुन्छ ।
अहिले देशभरका अधिकाँश जिल्लामा निषेधाज्ञा गरिएको छ । कालीकोटमा पनि निषेधाज्ञा छ । तर जिते बजारमा भारी बोकेर आफ्नो परिवार पाल्ने मजदुरहरुले भारी नबोके परिवार पाल्न नै समस्या हुने गरेको बताउर्दै आएका छन् । अहिले पनि उनीहरुले विहान बेलुका अनिवार्य भारी बोक्नुपर्ने बाध्यता रही आएको छ । बालबालिकादेखि बृद्धसम्मका नागरिकले अहिले पनि दैनिक रुपमा भारी बोकिरहेका छन् । गालामा चाउरी पर्न थालेका देउमले सार्कीको अहिले पनि जिते बजारको झुलुङ्गे पुलबाट भारी ओहोर दोहरमै उनको दैनिकी बित्ने गर्छ । करिव ३÷४ वर्ष पहिलेदेखि जितेबाट लालिघाटसम्म भारी ओहोर दोहारे गर्न थालेका हुन् । उनको यो दैनिकी अहिले पनि त्यस्तै छ ।
कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्नका लागि कर्णाली नदिमा पुल नबनेपछि दैनिक उपभोग्य सामाग्री देखि विकास निमार्णका सामाग्री पनि वारीदेखि पारि सम्म बोक्नु पर्ने अवस्था रहेको छ । त्यहि सामाग्रीहरु बोकेर कमाएको पैसाले आफ्नो परिवारको खर्च जोहो गर्ने गरेको सार्कीले बताए । उनले भने ‘ यदि भारी नबोक्ने हो भने बेलुका घर परिवारलाई छाक टार्नका लागि चुलोमा आगो पनि बल्दैन ।’
निषेधाज्ञा भन्दा पहिले दिनभरी भारी बोकिन्थ्यो अहिले निषेधाज्ञा छ, विहानको समयमा मात्र भारी बोक्र्छौ । यदि भारी नबोके पछि विहान र वेलुका हातमुख जोड्न पनि गाह्रो हुन्छ । सार्कीले भने, ‘हातमुख जोड्न मात्र नभई बालबच्चा पढाउन र घर खर्च टार्न पनि भारी कै भर पर्नुपर्छ ।’