३ जेष्ठ २०८१, बिहीबार

तिलागुफाले ल्यायो ५९ करोड ९९ लाख बजेट


कालीकोटः तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागी ५९ करोढ ९९ लाख सात सय रुपैयाँको वजेट ल्याएको छ ।
बिशिवार नगरपालिकाको गाल्जेमा उद्द्धाटन गरिएको १० औँ नगर सभामा नगर प्रमुख रतन बहादुर शाहीले नितितथा कार्यक्रम संगै आगामी वर्षको वजेट सार्वजनिक गरेका हुन ।
नगर प्रमुख रतनबहादुर शाहीको सभा अध्यक्षता, वयोवृद्ध नरेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता, नेपाली कांगे्रशका महासमिति सदस्य टेकराज शाही, नेकपा एमालेका नेता ऐन बहादुर शाही, नेकपा माओवादी केन्द्रका नेता दिनेश चदारा, नेपाली कांग्रेशका नेता पूर्व कोषाध्यक्ष मनराज शाही, माओवादी केन्द्रका नेता कमलबहादुर शाही, मजदुर किसान, जनमोर्चा, लगायतका पार्टीहरुको उपस्थितिमा नगर सभाको उद्द्धाटन गरिएको थियो ।