४ जेष्ठ २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गरेको हो । अदालतले विघटन गरेसँगै प्रतिनिधिसभा पुनस्थापना भएकाे छ ।

विघटन बदर गरेसँगै सर्वोच्चले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले देउवालाई २४ घण्टाभित्रै प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

यस अघि ५ पुसमा प्रधानमन्त्रीले गरेकाे विघटनलाई सर्वोच्च अदालतले ११ फागुनमा बदर गर्दा प्रतिनिधिसभा पुनस्थापना भएको थियो ।

तर फेरि गत ७ जेठमा ओलीले फेरि प्रतिनिधिसभा विघटन गरी मुलुकलाई निर्वाचनतर्फ धकेलेका थिए । तर, राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै अदालतले सोमबार फेरि प्रतिनिधिसभाको पुनस्थापना गरेको हो ।