५ जेष्ठ २०८१, शनिबार

सुर्खेतमा आजदेखि वडा अधिवेशन


 

सुर्खेत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज हुन लागेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ । रेग्मीले भने,‘ सुर्खेतका ९९ वटै वडामा हाम्रो तयारी पुरा भइसकेको छ। सुर्खेतमा हाम्रा झण्डै ११ हजार ५ सय बढी क्रियाशील सदस्य रहेका छन् ।’

सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको रेग्मीले बताए । अहिले हामीले विवाद सुल्झाएर नै अधिवेशनको काम अघि बढाएका हौँ,’उनले भने ।