५ जेष्ठ २०८१, शनिबार

नेकपा (एमाले)का १० औं महाधिवेशन प्रतिनीधि निविर्रोध चयन


कालीकोट । कालीकोटबाट नेकपा (एमाले)का १० औं महाधिवेशन प्रतिनीधि निविर्रोध चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाबाट १४ जना १० औं महाधिवेशनका प्रतिनीधि निविर्रोध चयन भएका हुन् ।
नेकपा (एमाले)को १० औं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने अधिवेशनका लागि १४ जना प्रतिनीधि चयन गरेको हो ।
अधिवेशनमा खुल्लातर्फबाट नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही चयन भएका छन् । दलित तथा जनजातीतर्फबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चयन भएको नेकपा एमाले कालीकोटका जिल्ला अध्यक्ष नगेन्द्र शाही ‘नेशनल’ले जानकारी दिए ।
दलित महिला कोटाबाट महाधिवेशन प्रतिनीधि हुने गोमा नेपाली सबैभन्दा कम उमेरको रहेको अध्यक्ष शाहीले बताए । ‘उहाँ २५ वर्षको युवा महिला नेतृ हो ।’ उनले भने,‘एमालेमा अहिले युवा पक्तिको खाचो भएकाले उहाँलाई महाधिवेशन प्रतिनीधि छनौट गरेका हौ ।’
त्यस्तै, महाधिवेशन प्रतिनीधिमा बनेका वकिल बमपनि कम उमेरमा नै महाधिवेशन प्रतिनीधि भएको अध्यक्ष शाहीले बताए । ‘हामीले बिषेश गरेर दलित महिला र युवाहरुलाई नै महाधिवेशन प्रतिनीधि बनाउनेमा जोड दिएका छौं ।’ उनले भने,‘जसले गर्दा पार्टीमा सबैको समान प्रतिनीधित्व होस भन्ने हाम्रो चाहना हो ।’