३ जेष्ठ २०८१, बिहीबार

कर्णाली प्रदेशको खरिद तथा आपुर्ति शाखाकाे मेडिकल स्टोर चार जना मृत भेटिए


सुर्खेत । बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपुर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा चारजना मृत भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका–६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित ४ जना मृत भेटिएको प्रहरीले जनाएको छ ।
उक्त कोठामा भट्टराईको सात जना परिवार सुतेका थिए । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गएराति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस् रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती शुशिला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवश भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए ।
चिसो बढेकाले उनीहरु बेलुका कोइला बालेर सुतेको र निसास्एिर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए ।