५ जेष्ठ २०८१, शनिबार

टुहुरा बालबालिकालाई न्यानो कपडा कोशेली


कालीकोटः जिल्लाको पलाता गाउँपालिका अध्यक्ष नेपाल कम्यूनिष्ट पाटी माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य सर्वसहमतिमा चयन भएपछि टुहुरा बालबालिकालाई न्यानो कपडा कोशेली ल्याएर गृह पालिका फर्केका छन् ।
पलाता गाउँपालिकामा रहेको सहिद स्मृति आवाशिय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चिसो मौसम सुरु भएसंगै विद्यालयमा रहेका बालबालिकाहरुलाई चिसोका कारण कुनै पनि संक्रमण नफैलियोस् भन्ने हेतुले अध्यक्ष बमले विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा आफु सदस्य भएपछि कोशेलीका रुपमा दिएका छन् ।
आवाशिय विद्यालयमा रहेका ३२ जना बालबालिकालाई जकेट, ट्राउजर, टिसर्ट, जुत्ता आफ्नो व्यक्तिगत लगानीमा वितरण गरेका हुन् ।