५ जेष्ठ २०८१, शनिबार

जनताको सेवामा काँग्रेस नेता शाही


कालीकोटः नेपाली काँग्रेसको १४ र्औ महाधिवेशन २४ मंसिरबाट काठमाण्डौमा सुरु भयो । महाधिवेशनको उद्घाटन, निर्वाचन प्रक्रिया, मतदान र मतगणना प्रक्रियासँगै महाधिवेशन झण्डै २० दिन पश्चात् सम्पन्न भयो ।
महाधिवेशन सम्पन्न भइसकेपछि नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य दमनबहादुर शाही आफ्नो गृह जिल्ला कालीकोट फर्किएर जनताको काममा लागेका छन् । महाधिवेशनको अवधिमा मात्र शाहीले आफ्नो गृह जिल्ला छोडेका हुन् । उनले कालीकोटका जनतालाई सेवा दिनकै लागि आफु राजनीतिमा होमिएकाले आफ्नो मनले बाहिर बस्न नमानेको बताए ।
कालीकोटबाटै महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएर गएका अन्य नेता जिल्ला केन्द्रीत नभएपनि शाही भने निर्वाचन सकिय लगत्तै जिल्ला फकिएका हुन् । जिल्ला निर्वाचन कार्यालय कालीकोटले मतदाता नामावलीको काम जिल्ला प्रशासन कार्यालय कालीकोटमा जारी राखेको थियो । काँग्रेसका युवा नेता शाही दिनहुँ जिल्ला प्रशासनको गेटमा भेटिन्थ्ये ।


मतदाता नामावली बनाउन आउने नागरिकको सहजताका लागि आफु प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा हुने गरेको उनले बताए । उनले भने, ‘राजनीति समाज सेवाका लागि हो, अधिकाँश नागरिकलाई मतदाता नामावली कसरी बनाउन के गर्ने भन्ने जानकारी नभएपछि आफु प्रशासनमा बसेर सहजिकरण गरिरहेको हुँ ।’ विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय रहेका शाही जहाँ आपत विपत पर्छ त्यहि हुन्छन् ।


दमन शाही आफैमा एक चर्चित नाम हो । कालीकोट जिल्लाको स्यूना गाविस हाल रास्कोट नगरपालिकामा जन्मिएका शाहीको पारिवारिक अवस्था राम्रै थियो । उनी सानै देखि विद्रोही स्वभावका थिए । समाजमा देखापर्ने असमानता र अन्याय उनलाई पटक्कै मन पर्दैन्थ्यो । अरुलाई सहयोग गर्ने र अन्यायमा कसैलाई पार्नु हुँदैन् भन्ने उनको स्वभाव र चेतना सानै उमेरदेखि विकास भएको थियो । निकै सालिन धेरै नबोल्ने शाही कालीकोट काँग्रेसको जिल्ला कार्य समिति सदस्य, सहसचिव हुर्दै प्रदेश ख को क्षेत्रीय सभापति भइ हाल कर्णाली प्रदेश कार्य समिति सदस्य बनेका हुन् ।
अन्याय अत्याचारका विरुद्ध बोल्ने र देशको नीति निमार्णमा राजनीतिज्ञ कै भूमिका हुने भएपछि देश बनाउनु पर्छ भन्ने मलाई हुटहुटी जाग्यो । त्यसपछि राजनीतिमा अझ सक्रिय भएर लाग्न थालेको शाहीले बताउर्दै आएका छन् । उनी आफ्नो भन्दा पनि समाजको रुपान्तरणका लागि राजनीतिमा होमिएको बताउछन् ।