२२ बैशाख २०८१, शनिबार

सानिभेरी गाउँपालिका ५,६ चौरजहारी न पा ३ मुसिकोट र बाफिकोट २, २ वडामा क कस्को जित ?


रुकुमपश्चिम । रुकुम पश्चिमको सानीभेरि गाउँपालिका वडा नम्बर ६ मा माओबादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा माओबादी केन्द्रका पहलसिं घर्तिले २ सय ७५ मत प्राप्त गरी विजयी हासिल गरेका छन । भने उनका प्रतिद्धन्दि नेपाली काँग्रेसका चन्द्र बहादुर कुसारीले २ सय ६७ मत प्राप्त गरेका छन। कुसारीलाई माओबादी केन्द्रका घर्तिले ८ मतान्तरले बिजय हासिल गरेको हो ।

महिला वडा सदस्यमा माओबादी केन्द्रकी सार पुन मगरले ३ सय ४७ मत प्राप्त गरी बिजय हुँदा उनकि निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसकी शान्ता बाँठा घर्तीमगरले २ सय ४ मत प्राप्त गरेकि छिन । भने दलित महिला सदस्य माओवादी केन्द्रकी दुजी कामीले ३ सय ५१ मत ल्याएर जित हात पर्दा नेपाली काँग्रेसकी गौमती कामीले २ सय १ मत प्राप्त गरेकि छिन ।
त्यस्तै खुल्ला वडा सदस्यहरु माओवादी केन्द्रका आम बहादुर कुसारीले ३ सय ४१ मत र लंके खत्रीले ३ सय ४७ मत प्राप्त गरेर बिजय भएका हुन ।भने उनिहरुका प्रतिद्धन्दी गमे पुनले १ सय ९७ मत र रणबिर पुनले १९५ मत ल्याएर पराजित भएका छन । त्यस्तै

सानीभरी गाउँपालिका वडा नम्बर ५ मा पनि एमाले र काङ्ग्रेस को गठबन्धन बाट नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अल बहादुर खत्रीले ४ सय ६२ मत प्राप्त गरी विजय भएका छन। भने उनका प्रतिद्वन्दी माओबादी केन्द्रका तिर्थ बहादुर खत्रीले ४ सय ३४ मत प्राप्त गरी पराजित भएका छन।

वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा ४ सय ४९ मत प्राप्त गरी बिजय हुँदा माओबादी केन्द्रकी कमला बस्नेतले ४ सय ३९ मत प्राप्त गरेको त्यस्तै दलित महिला तर्फ नेपाली काँग्रेसकी कमला चदाराले ४ सय ६४ मत प्राप्त गरेर बिजय हात पार्दा उनकि प्रतिद्धन्दि माओवादी केन्द्रकी रिता कामीले ४ सय ३८ मत प्राप्त गरेकि छिन ।

त्यसैगरि खुल्ला सदस्य तर्फ गठबन्धन बाट नेपाली काग्रेसका दलजित बस्नेतले ४ सय ३७ मत र नैने कुसारीले ४ सय ४५ मत प्राप्त गरी बिजय हुदा उनका निकटतम प्रतिद्धन्दी माओबादी केन्द्रका डिलाराम कुसारीले ४ सय ३३ र पर्शुराम खत्रीले ४ सय २१ मत प्राप्त गरेका छन ।

त्यस्तै वडा नम्बर १,२,३,४,५ र ६ को मतपरिणाम अनुसार गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ३ हजार १ सय ६२ मत सहित अग्रता कायम गराएका छन । उनका प्रतिद्धन्दि कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ हजार ३ सय २६ मत ल्याएका छन । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता रहेको छ । उपाध्यक्षमा पुनले ३ हजार १ सय ६७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ हजार ६ सय ३२ मत ल्याएका छन ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ मा नेपाली काँग्रेस र नेकपा ९एमाले० को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्षका उम्मेद्वार लाल बहादुर बुढा लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएको हो । बुढा ६ सय ३३ मत ल्याएर विजय भएका छन । त्यस्तै सदस्यमा मिना के सी , घरदी कामी इन्द्रा बटाला र चन्द्रा बस्नेत विजय भएका छन ।
३ नम्बर वडा बाट माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ५ सय ९८ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ६ सय १२ मत ले अग्रता कायम गरेका छन । त्यस्तै नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय ८९ र उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले ३ सय ४३ मत प्राप्त गरेका छन ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ मा पनि नेपाली कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका दिनेश खड्का विजयी हात परेका छन । उनको ६ सय २८ मत सहित विजयी हुँदा उनका प्रतिद्धन्दि माओवादी–नेकपा एस गठबन्धनका दलबहादुर खड्काले ४ सय ७ मत ल्याए । वडाअध्यक्षमा २ सय २१ को मतान्तर परेको छ । वडा सदस्यमा पनि कांग्रेसका भवनी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी भएका छन ।

२ वडाको मतगणना सकिदा नेपाली कांग्रेस–एमाले गठबन्धनले सुरुवाती अग्रतालाई बढाउदै लगेको छ । कांग्रेस–एमाले गठबन्धन नगर प्रमुखमा ५ सय ३ मतले अगाडी छ । कांग्रेस–एमाले गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार कांग्रेसका महेन्द्र केसीको १ हजार ६ सय ४७ मत छ भने माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वसन्तकुमार शर्माको मत १ हजार १ सय ४४ रहेको छ ।

उप प्रमुखमा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका थलबिर ओलीले १ हजार ४ सय १३ मत ल्याउँदा एकीकृत समाजवादीका विमलकुमार पुनले ९ सय ३३ मत ल्याएका छन । मुसीकोटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् भने अर्कोतिर नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका
वडा नम्बर २ मा गठबन्धनको प्यानल विजयी भएको छ ।
वडामा कांग्रेस , नेकपा एमाले , समाजवादी र माले गठबन्धन भएको थियो । नेकपा माओवादिका मन्जित नाथ लाई १७८ मत ले पराजित गर्दै गठबन्धनका प्रकाश खत्री वडा अध्यक्षमा विजयी भएका ।
उनको ७सय २१ मत प्राप्त गरे भने प्रतिद्धन्दि नाथले ५ सय ४३ मत प्राप्त गरे । वडामा १९६० मतदाता रहेको मा १३५० मत खसेको थियो ।

त्यस्तै वडा को खुला सदस्यमा हातिराम बस्नेत , रत्न वीर पौडेल महिला सदस्य देउमि पौडेल र दलित महिला सदस्यमा सुन्पा दमाई विजयी भएका छन ।
पालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ ।