२१ बैशाख २०८१, शुक्रबार

खानेपानी व्यवस्थापनमा वडाध्यक्षको सक्रियता


कालीकोटः खाडाचक्र नगरपालिकामा खानेपानीको अभाव हुर्दै आएको छ । पानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित थिए । खानेपानीको अभावसंगै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
नागरिकलाई विश्वास थिएन कि नयाँ जनप्रतिनिधिले पनि खानेपानी व्यवस्थापनको लागि पहल चाल्छन् भनेर । २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका खाडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज टमट्टाको अहिलेको दिनचर्या खाडाचक्र नगरपालिका–१ मा बसोबास गर्ने नागरिकलाई पानीको व्यवस्थापन गर्नमा वितेको छ ।


खानेपानीको अभावमा मान्मका नागरिकले टाढाबाट पानीको जोहो गर्नुपर्ने बाध्यतालाई कम गर्न टमट्टाले एक समिति नै बनाएर आफै पानीको लागि दिनरात खटिएका छन् । वडाका नागरिकले सवै भन्दा पानीको समस्या झेल्नु परेको छ । पानीको समस्या समाधान नै मेरो प्रमुख एजेन्डा हो वडाध्यक्ष टमट्टाले भने, ‘पानीको व्यवस्थापन गरिसकेपछि मान्मको फोहोर व्यवस्थापनमा लाग्छु ।’
खानेपानी समितिले पानीको व्यवस्थापनमा चासो नदेखाएपछि मान्ममा खानेपानीको अभाव हुर्दै आएको छ । खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको खाडाचक्रमा बसोबास गर्ने नागरिकले बताउने गरेका छन् ।


‘खानेपानीमा पनि पहुँचवालाको हाली मुहाली छ, सर्वसाधारणका धारमा पानी आउदैन तर पहुँचवालाहरुको धारमा २४ सैं घण्टा पानी आइरहेको हुन्छ, भन्ने गुनासो व्यापक रुपमा आएपछि सिधै जोडिएका सवै पानीका लाईन काटिएको वडाध्यक्ष टमट्टाले बताए । अहिले हामीले विभिन्न सरकारी कार्यालयमा पनि नागरिकले पाउने गरि पानीका लाइन विस्तार गरेका र्छौ, अन्य लाई काटिदिएका र्छौ टमट्टाले भने, ‘२५÷२६ धारा सिधै जोडिएका थिए ती सवै काटेका र्छौ अव सवै नागरिकको धारामा पानी आउछ ।’