२१ बैशाख २०८१, शुक्रबार

मलाई खुसी बनाउनु पर्दैन, जनतालाई खुसी बनाउनुः उपाध्याय


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्यायले आफुलाई खुसी बनाउनु पर्दैन जनतालाई खुसी बनाउन आग्रह गरेका छन् । तिलागुफा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको ७ दिने स्वास्थ्यकर्मीका लागि बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि तालिममा सो कुरा बताएका हुन् ।
उनले नागरिकको अति आवश्यक स्वास्थ्य सेवा भएकाले सवै नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउन नगरपालिका कुनै कुसर बाकी नराख्ने तर नगरपालिकालाई स्वास्थ्यकर्मीले सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । उनले भने, ‘हिजो मैले मेरो चुनावी घोषणा पत्रमा उल्लेख गरेका बुदाहरु मध्ये प्रमुख ३ बुँदा स्वास्थ्य, शिक्षा, र कृषि नै हुन, स्वास्थ्यकर्मीले म को हँु र मेरो काम कर्तव्य के हो भन्ने बिषयमा राम्रो सङ्ग जानकारी लिनुपर्छ र जनताको सेवामा लाग्नु पर्छ ।’
उनले जनताको सेवा गरेवाफत पाउने सेवा सुविधाका लागि नगरपालिकाले कुनै पनि कन्जुस्याई नगर्ने बताए । विगतका कुरालाई अहिले समिक्षा गर्ने बेला नभएकाले विगतमा समय खेर नफाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । उपाध्यायले भने, ‘स्वास्थ्यका क्षेत्रमा जनस्तरबाट नकारात्मक टिका, टिप्पणी सरकारसम्म नपुग्ने गरि स्वास्थ्यकर्मीले काम गर्नुपर्छ ।’
तालिम लिइसकेपछि प्रत्यक्ष रुपमा जनताको सेवामा लाग्न निर्देशन दिए । उनले जनताको खुसिमा आफु आनन्दित हुने भएकाले जनताको सेवामा कुनै कसर बाकी नराख्न आग्रह गरे ।