२१ बैशाख २०८१, शुक्रबार

पाटीको प्रवक्तामा न्यौपाने


कालीकोटः नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले पाटी प्रवक्तामा टिकाराम न्यौपानेलाई मनोनयन गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिवार बसेको बैठकले प्रवक्तामा न्यौपानेलाई मनोनयन गरेको हो । साथै पाटीले नेपाली काँग्रेसको विधान २०१७ अन्तगर्त नियमावली २०७६ को परिच्छेद १७ को दफा ४८ को ३ बमोजिम प्रचार प्रसार शाखा प्रमुखमा समेत मनोनयन गरेको छ ।
लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका न्यौपाने २०७४ सालको स्थानीय तहनिर्वाचनमा तिलागुफा नगरपालिका–५ मा वडाध्यक्षमा निर्वाचित भएका थिए । भने नेपाली काँग्रेसको ७ औं जिल्ला अधिवेशनबाट जिल्ला कार्य समिति सदस्यमा समेत निर्वाचित भएको थिए ।
सानै उमेरदेखि राजनीतिमा होमिएका न्यौपानेले केही समय शिक्षण पेशा पनि अंगालेका थिए । शिक्षक हुँदा पनि उनी काँग्रेसको संगठन विस्तारमा क्रियाशिल थिए । पाटीले न्यौपानेलाई प्रवक्ता सहित प्रचार प्रसार विभागको जिम्मा दिएको छ ।