२१ बैशाख २०८१, शुक्रबार

नेत्रविक्रम चन्द विप्लप कालीकोटमा


कालीकोटः नेत्र विक्रम चन्द विप्लप कालीकोट आएका छन् । जुम्लामा हुने पाटीको प्रशिक्षणमा भाग लिन जाने क्रममा विप्लप कालीकोट आइपुगेका हुन् ।
कालीकोटमा विप्लपले कारागारमा रहेका आफ्ना दुई जना कार्यकतालाई समेत भेटेका छन् । उनले सरकार र आफुहरु विच भएको ३ बुदे सहमति कायम गर्न लागि परेको बताएका छन् । करिव देशभर २ सय भन्दा बढी कार्यकता विभिन्न कारागारमा थिए सरकार र नेकपा विच भएको सहमतिका आधारमा केही रिहाई भइसकेको र अव देशभर ३५ जना कार्यकता कारागारमा भएकाले उनीहरुको रिहाईका लागि पाटी लागी परेको बताए । जिल्ला कारागार कालीकोटमा रहेका नरहरिनाथ गाउँपालिका–९ का दुर्गराज बोहोर र जाजरकोटका पदम पुनलाई रिहाईका लागि पाटी लागेको चन्दले बताए ।
उनले देश परिवर्तनका लागि लड्ने कार्यकता जेलमा हुदा आफुलाई दुख लागेको तर सरकारसंगको ३ बुदे सहमति पछि केही कार्यकता रिहाई भएको भन्दै खुसी व्यक्त गरे । उनले कालीकोटमा रहेका २ जनालाई असार भित्र नै रिहाई गर्न सरकारसंग माग गरेको बताए ।