अवैध घरेलु मदिरा नष्ट


कालीकोटः प्रहरीले मान्म बजारको विभिन्न स्थानबाट २ सय ५० लिटर अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।
मदिराका कारण अमानवीय गतिविधि बढ्न नपाओस् भन्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्था कडा बनाउँदै गएको प्रहरीले अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरेको हो ।
बरामद गरेको मदिरा तथा कच्चा पदार्थ स्थानीय, बुद्धिजीवी, पत्रकार, राजनीतिक दलका नेतालगायत अन्यको रोहबरमा नष्ट गरिएको छ । जिल्लामा विकृति र विसंगतिलाई रोक्न मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको छ ।
जिल्लाको जिरोप्वाईन्टदेखि बजार क्षेत्रमा प्रहरी पुगेर घरेलु मदिरा बरामद गरेको थियो । घरेलु मदिरा संगै मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने भाडाँकुडा पनी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक राम बहादुर बम सहितको टोलीले मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
कर्णालीपाटी । २४ पुष २०७९, आईतवार ०९:४९