२० बैशाख २०८१, बिहीबार

लोप हुँदै जङ्गली ‘औध’


सुर्खेत । कालीकोटमा पाइने जङ्गली औध जातका जनवार लोप भएका छन् । पानी र बाक्लो जङ्गल भएको क्षेत्रमा पाइने जङ्गली औध अहिले लोप भएका हुन् ।

जलवायु परिवर्तनका कारणले हुने बाढीपहिरो, उचित बासस्थान, खानपिनको अभाव, विकास निर्माणका काम आउने ध्वनी प्रदूषणका कारणले जङ्गली औध लोप हुँदै गएका छन् । पानीमा पाइने औध विषेशत माछा खाने एक प्रकारको स्तनधारी मांसहारी जनवार हो । जङ्गल क्षेत्रमा पाइने औध उही जातको स्तनधारी जनवार शाकाहारी जनवार हो ।

नेपालमा हिमाली एक हजार छ सय फिट उचाइमा औध पाइने गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबन्धु श्रेष्ठले जानकारी दिए। “यो औध एक हजार छ सय फिटको उचाइसम्म पाइन्छ । यो तपाईँदेखि पहाडी जिल्लामा पाइने स्तनधारी जङ्गली जनवकार हो ।”

उनले भने, “जङ्गली जनवार भएको यो मांसहारी र शाकाहारी दुई प्रकार हुने गरेको छ । एउटा पानीमा बस्ने र अर्को जङ्लमा बस्ने ।” गतवर्ष एउटा अनुसन्धान टोली रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको खत्याड गाउँपालिकामा पानीका बस्ने औध पत्ता लगाएको र त्यसभन्दा यता नदेखिएको निकुञ्जका प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गतवर्ष एउटा साना स्तनधारी जङ्गली जनवार अनुसन्धान गर्ने टोलीले खत्याडमा पानी औध पत्ता लगाएको थियो । अहिले त्यसको थप अनुसन्धान हुन सकेको छैन् । पानी आसपासमा क्षेत्रमा बस्ने औधले जङ्गली मुख्य आहारा माछा भएको निकुञ्ज प्रमुख श्रेष्ठले बताए । “यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुरुप संरक्षित सूचीमा राखिएको छ ।”, उनले भने, “अहिले नेपालमा औध कति छन् भनेर कुनै तथ्याङ्क राखिएको छैन् ।”

जङ्गलमा पाइने औधले विषेश गरेर फलफूल स्याउ, सुन्तला, आरु बोखरा, चुत्रो भूइँकाफल, मेहललगायत फलफूल खाने गरेको पहिले पशु सेवा क्षेत्रमा अहिले रेडपाण्डा संरक्षण क्षेत्रमा काम गरिरहेका हुरन्डेक नेपालमा उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । “मैले देखेको थिएँ । जङ्गली औध कालो रङ्ग हुन्छ, यसले फलफूल खाने गर्दछ । यसका बच्चाले दूध खान्छन् ।” उनले भने, “अहिले यो देखिन छाडेको छ । यिनीहरुको बासस्थानको कमी भएर हो या लोप भएर हो ।” बुढाले आफूले जङ्गलमा रहेको औधको विषयमा एउटा घटना पनि सुनाए ।

“कालीकोटको नरहरिनाथ गाउँपालिका–१ को कोटबाडामा एकजना भण्डारा थरका व्यक्तिले स्याउ लगाएका थिए। २०५७ साल असोजको घटना हो । त्यहाँ स्याउ औधले खाँदोरहेछ । दुई रुख स्याउका थिए । स्याउका दाना ओध खान थालेपछि ती किसानले जाबो हालेर मारेछन् । नजिकैको सिरानमा प्रहरी चौकी थियो । त्यो प्रहरी चौकी जङ्गलमा बीचमा रहेको थियो । त्यो जङ्गलको एउटा रुखमा टोट्काभित्र त्यसका तीन वटा बच्चा रहेछन् । आमालाई मारेपछि बच्चा कराउँदा रहेछन् । त्यो कराएको नजिकैको प्रहरी चौकीमा आवाज सुनिदोरहेछ । त्यो के रहेछ भनेर प्रहरीले अनुन्धान गर्दै जाँदा ती औधका बच्चा भोकले कराउँदा रहेछन् । अनि प्रहरीले उद्धार गरेर प्रहरी चौकीमा तीन वटा बच्चा थिए । प्रहरी चौकीमा एक पटक कुकुर बिरामी हुँदा मलाई बोलाएर जाँदा प्रहरीले औधका तीन वटा बच्चा दूध दिएर पालेको देखेको थिएँ ।” उनले भने, “मैले असोजको अन्तिममा देखेका ती औधका बच्चाहरू २०५७ साल मङ्सिर १४ गते कोटबाडा प्रहरी चौकीमा माओवादीले आक्रमण गरे । त्यसपछि ती औधका बच्चा कहाँ गए थाहा भएन ।”

लोपोन्मुख अवस्थामा रहेको औधलाई गत वैशाख महिनामा नहरिनाथ गाउँपालिका–९ लालुस्थित जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार विष्टले बताए । “विद्यालय परिसरभित्रै रहेको रुखमा देखेको छु । नजिकै रहेको मेहल खान आएको बेला त्यहाँ भेटिएको हो ।” उनले भने, “यसको मुख लामो हुन्छ । आखाँमाथि सेता रौंका दाग हुन्छन् । शरीरका रौंँ पूरै काला भए पनि पछाडीको भागमा चुँडी लगाए जस्तो रौँं सेतो हुन्छन् ।” यो दुई प्रकार हुने गरेको पानी औध पानी बस्ने गरेको हाम्रो क्षेत्रमा पाइने प्रायः डाँडा औध भन्ने गरिएको प्रधानाध्यापक विष्टले जानकारी दिए ।