२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सहमति राष्ट्रपतिमाः उपप्रधानमन्त्री श्रेष्ठ


सुर्खेत । माओवादी केन्द्रका उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । सुदूरपश्चिम भ्रमणमा जानेक्रममा सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयन हुने बताएका हुन् ।
माओवादी केन्द्रको बटमलाइन भनेको राष्ट्रिय सहमितिका आधारमा राष्ट्रपति चयन हुने बताएका हुन् । ‘हामी संसदमा सबै दलको विश्वासको मत पाएका छौं । यो सरकार एक किसिमको राष्ट्रिय सहमतिको सरकार हो ।’ उनले भने,‘त्यसैले हामी राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छौं ।’
राष्ट्रपतिमा कुन दलको उम्मेदवार भए राष्ट्रिय सहमति हुन्छ भनेर आफुहरुले नभनेको तर, राष्ट्रिय सहमतिको खोजी गरिएको सहमति दल उम्मेदवार अन्य पनि हुन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
श्रेष्ठले अहिलेको गठबन्धन राष्ट्रपतिका बिषयमा नभत्किने बताए । ‘राष्ट्रपतिको उम्मेदवारका कारणले अहिलेको गठबन्धन भत्किदैँन् ।’ उनले भने,‘गठबन्धन नभत्कन दिनकै लागि राष्ट्रपतिमा सहमतिका आधारमा उम्मेदवार हुन्छ ।’