१३ माघ २०८१, आईतवार

कालीकोटकी वर्षाको पश्चाताप


कालीकोटः कालीकोट जिल्ला तिलागुफा नगरपालिकाकी चेली वर्षा भण्डाराको नाटक पश्चाताप यहि चैत्र १३ गते प्रर्दशन हुने भएको छ ।
साँस्कृतिक संस्थान र डबली थिएटरको प्रस्तुतीमा कालीकोटकी वर्षाले नाटकको परिकल्पना तथा निर्देशन गरेकी छिन् । गौतवबुद्ध नेपालमै जन्मिएका हुन् हाम्रो धर्म सस्कृतिको जर्गेनामा बुद्धको महत्वपूर्ण भुमिका रहेको नाटकमा देख्न सकिन्छ ।
वर्षाले भनिन् ‘सानै देखि मेरो साहित्य लेखन तथा अभिनयमा मेरो सानै देखिको रुचि हो, त्यहि रुचि अनि सपनाले आज मलाई यहां सम्म ल्याई पु¥याएको छ ।’ उनले भनिन् ‘त्यहि सपनालाई पछ्याउदै अगाडी बढ्ने क्रममा आज मलाई यो अवसर मिलेको छ ।’ लामो समयदेखिको आफ्नो नाटकमा निर्देशन र परिकल्पना गर्ने सपना साकार भएको उनी बताउछिन् । उनले यति ठुलो नाटमा खेल्न कलाकारहरुलाई पनि सम्झिएकी छन् ।
उनले भनिन् ‘मलाई यो अवसर दिने बीरेन्द्र हमाल, पुश्कर गुरुङलगायत यो अवसरको लागी सांस्कृतिक संस्थान, निर्देशनमा सहयोग गर्नु हुने आदरणीय आशान्त शर्मा अनि यो नाटकमा अभिनय गरेर मलाई उत्प्रेरणा दिनुहुने कलाकार साथीहरुलाई पनि बिशेष धन्यबाद दिन चाहन्छु ।’