५ कार्तिक २०८१, सोमबार

अनुदान शून्य हुँदा बिकासमा समस्या


कालीकोटः तिलागुफा नगरपालिकामा संघले दिने अनुदान नदिएको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताएका छन् ।
उनले संघले दिने अनुदानको रकम कटौति गरेर संघियताको मर्म विपरित बजेट पठाएको बताएका हुन् । संघ सरकारले साविकको कर्णालीलाई हेर्ने व्यवहार पनि सौतेनि रहेको प्रमुख उपाध्यायको भनाई छ । उनले भने, समानिकरण अनुदान, सशर्त अनुदान बाहेक अन्य अनुदान तिलागुफाले पाउन सकेन ।
कालीकोट जिल्लाको चौथो जिल्ला शभाले स्थानीय तहहरूको संस्थागत क्षमता मूल्यांकनमा जिल्लाभरीकै उत्कृष्ट अंक ल्याएको भनि तिलागुफालाई सम्मान गरेको थियो । तर अनुदान संघ सरकारले दिएन । संघले दिने विशेष अनुदान तिलागुफामा शून्य छ । कर्णालीका अन्य स्थानीय तहमा विशेष अनुदान आएपनि तिलागुफा नगरपालिकामा भने संघ सरकारको विशेष अनुदान आउन सकेन् । जिल्लाभरीकै उत्कृष्ट नतिजा ल्याउने तिलागुफालाई राज्यले सौतेधि व्यवहार गरेको होइन् उपाध्यायले प्रश्न गरे ।
आर्थिक संकटका बेला राज्यले कर्णालीमा विशेष अनुदान शुन्य गर्नुपर्ने अन्य स्थानीय तहमा विशेष अनुदान दिने तिलागुफामा मात्र नदिनुको कारण अहिले आफुले राज्यसंग खोजिरहेको उपाध्यायले बताए । उनले संस्थागत क्षमता मूल्यांकनमा तिलागुफा कालीकोट जिल्लाकै पहिलो नगरपालिका हो । हामीले पनि संघ सरकारको अनुदानबाट स्थानीय सरकार चलाउने हो तर संघले तिलागुफालाई दिने अनुदानमै कटौति गर्दियो उपाध्यायले गुनासो गरे ।
स्थानीय तहको आफ्नै आयस्रोत छैन्, त्यसैमा साविकको कर्णालीका स्थानीय तहहरुको आयस्रोत नभएपछि संघ सरकारको भरमा स्थानीय सरकार चलाउनुपर्ने बाध्यता छ भने त्यसैमाथि अनुदान रोकिदा स्थानीय सरकार चलाउन चुनौति थपिएको उनको भनाई छ ।
गत फागुन १९ गते तिलागुफाले स्थानीय तहको संस्थागत क्षमता मूल्यांकनमा ७२ दशमलव ७५ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६५ दशमलव ५ अंक ल्याएको थियो । दोस्रोमा नरहरीनाथ गाउँपालिका, तेस्रोमा रास्कोट नगरपालिका, चौथोमा खाँडाचक्र नगरपालिका, पाँचौमा सान्नीत्रिवेणी गाउँपालिका, छैटौँमा पचालझरना गाउँपालिका, साँतौमा महाँवै गाउँपालिका आठौँमा पलाँता गाउँपालिका र ९ औँ मा शुभकालिका गाउँपालिका भएका थिए ।