८ कार्तिक २०८१, बिहीबार

योजना व्यवस्थित गर्न सूचना व्यवस्थापन प्रणाली



सुर्खेत । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडीपी) ले आयोजना सूचना व्यवस्थापन प्रणाली कर्णाली सरकारलाई हस्तान्तरण गरेको छ । भौगोलिक सूचनामा आधारित उक्त प्रणाली युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाको प्राविधिक सहयोगमा निर्माण गरि कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई हस्तान्तरण हो ।
कर्णाली प्रदेश योजना आयोगले यस प्रणालीको सञ्चालन र व्यवस्थापन गर्ने उक्त प्रणालीमा दातृ निकायहरुको सहयोगमा कर्णाली प्रदेशमा सञ्चालित परियोजनाहरुको भौगोलिक अवस्थिति, बिषयगत क्षेत्र तथा बजेटको आकार जस्ता सूचनाहरु समावेश रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव आनन्द सारुले आयोजना सूचना व्यवस्थापन प्रणालीले दातृ निकायहरुको सहयोगमा सञ्चालित परियोजनाहरूको सूचना व्यवस्थित गरी सरकार र विकास साँझेदारहरूको प्राथमिकता निर्धारण गर्न मद्यत पुग्ने विश्वास गरे । उक्त प्रणालीले स्रोतको दोहोरोपन हटाउन सरकारका आयोजनाहरु पनि यसमा समावेश गरिने बताए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय उप–प्रतिनिधि बर्नार्डो कोकोले समावेशी र दिगो विकासका कार्यक्रमहरुका लागि विश्वसनीय तथ्याङकको महत्व हुने भएकोले योजना सूचना व्यवस्थापन प्रणालीको आवश्यकता भएको बताए ।
डिजिटल उक्त प्लेटफर्मममा सरकार, दातृ निकायहरु र अन्य सरोकारवालाहरूलाई प्रमाणमा आधारित योजना तर्जुमा, समन्वय र नीति परिमार्जन गर्न सघाउने उद्देश्यले तयार गरिएको सचिव सारुको भनाई छ । स्रोतको प्रभावकारी उपयोग गर्न तथा अनुगमन र समन्वयको कामलाई सबल पार्न प्रदेश सरकारलाई मद्दत गर्न सक्दछ । २२ जेठ २०८० सम्म यस प्रणालीमा, करिब १४५.३ मिलियन अमेरिकी डलर बराबरका ५४ वटा परियोजनाहरूका विवरण छन् ।