५ कार्तिक २०८१, सोमबार

राष्ट्रिय प्रशारण लाईनमा जेाडियाे थाेल्म


कालीकाेट: रास्काेट नगरपालिका- ९ थाेल्म राष्ट्रिय प्रशारण लाईनमा जाेडिएकाे छ ।
लामाे समयपछि थाेल्म बासिले अब राष्ट्रिय प्रशारण लाईन पाउँदा खुसि महसुस गरेका छन् । रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाहि पाेषण र उपप्रमुख मनिराज बरालले बत्ति बालेर राष्ट्रिय प्रशारण लाइनकाे उद्घाटन गरेका हुन् ।
राष्ट्रिय प्रशारण लाईन बिस्तार भएपछि थाेल्मबासिले स्थानिय सरकार आएकाे महसुस गरेकाे बताए । साेलारबत्तिबाट बालबालिकालाई अध्ययन गर्न असहज हुन्थ्यो अब राष्ट्रिय प्रशारण लाईन जाेडएपछि बालबालिकाले पढ्न पाउने थाेल्म निवास मनाेज बरालले बताए ।
उनले बर्षाैकाे प्रखाईपछि थाेल्ममा बत्ति पुगेकाे जनाए । रास्काेट नगरपालिका प्रमुख धर्मराज शाहिले अब पालिका भरी राष्ट्रिय प्रशारण लाईन बिस्तारका लागि पहल भईरहेकाे बताए । उनले थाेल्मसम्म लाईन बिस्तारका लागि सहयाेग गर्ने बिधुत कार्यालय र उर्जा जलश्राेत कार्यालयलाई धन्यवाद समेत दिए ।