५ कार्तिक २०८१, सोमबार

रिले देउडा ‘न्याउल्या चडिअ’ सार्वजनिक


सुर्खेत: २० जना कलाकारहरुको संयुक्त आवाजमा गाइएको रिले देउडा न्याउल्या चडिय बोलको गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएका देउडा गित भन्दा फरक पन रहेको रिले देउडा न्याउल्या चडिअ बोलको गितको म्यूजिक भिडियो मंगलबार सार्बजनिक गरिएको हो । कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नंं १ स्थायि घर भएका लोकप्रिय कलाकार धर्मराज न्यौपाने (शिशिर) को शब्द तथा लय रहेको यो गितमा कर्णाली तथा सुदुरपश्चिमका चर्चित १० गायक र १० गायिकाहरुको आवाज रहेको छ । गायक तर्फ धर्मराज न्यौपाने (शिशिर), भोजराज भट्ट, सर्विन बोगटी, छत्र शाहि, स्वर्णिम शाही, सुरेश शाही, महेन्द्र शाहि रास्कोटी, दिनेश न्यौपाने, खगेन्द्र न्यौपाने, जनक साउदको आवाज रहेको छ । त्यसैगरि गायिका तर्फ रेखा जोशी, लक्ष्मि आचार्य, निरुता खत्रि, ईरानी सुन्दरि भाम, शोभा थापा, पुष्पा बोहोरा, कल्पना बि.सि., पशुपति खनाल, इप्सल संज्याल र गौरि भट्टको आवाज रहेका छन् । वर्षा भण्डारा र धर्मराज न्यौपाने अभिनय रहेको उक्त म्यूजिक भिडियोको धर्मराज न्यौपाने शिशिरले निर्देशन गरेका छन् । विशेष रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको यो गितको भिडियो सम्पादन प्रबीण राना मगरले गरेका छन् ।
कर्णाली तथा सुदुरपश्चिमका मेला, पर्व, जात्रा, राम रतेडिमा केटा केटि बिच हुने ठट्याउलि देउडामा सवाल जवाफ बाटै माया प्रेम बसि बिबाहमा परिणत भएको कथावस्तुले निकै आकर्षक, रोमान्टिक, चाख लाग्ने यो म्युजिक भिडियोले सुदुर र कर्णाली प्रदेशको संस्कृतिलाई यथार्थमा चित्रण गरिएको पाइन्छ ।
पछिल्लो समयमा देउडा गितहरु परिस्कृत हुने क्रमको निरन्तरता न्याउल्या चडिय अब्बल दर्जामा गणना हुने देखिन्छ ।