५ कार्तिक २०८१, सोमबार

तिलागुफाले ल्यायाे पशु पैचाे कार्यक्रम


कालीकाेट: कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैचाे कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३ औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषिमा नगरलाई आत्मनिर्भर बनाउनका लागि पशु पैचाे कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले भाैतिक संरचना निर्माण, स्वास्थ्य बीमालाई निरन्तरता, कृषि क्षेत्रको विकासका लागि पशु पैचाे सहित बृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ ।
नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०८९–८० का सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा पशु पैचाे, एक घर ५ फलफुल विरूवा, भाैतिक संरचना निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिने बताए । पर्यटन विकासका लागि भैसिंगाैडादेखि चिल्खाया रूडुबन्चु साँदि जलजला हुँदै रताडासम्मकाे पर्यटन पदमार्गकाे बिकास, नगरपालिका भित्रका पर्यटन क्षेत्रकाे पहिचान गरि पर्यटन बिशेष कार्यक्रमलाई प्राथमिकता दिने बताइएको छ ।
नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतीलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै शिक्षातर्फ बहुअपांगताका कारण नियमित बिधालय गई पठनपाठन गर्न नसक्ने बालबालिकाकाे लागि घरमै बिधालय कार्यक्रम, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र बिब्यसलाई शिक्षा सम्बन्धि तालिम, बिधालय शिक्षा सुधार कार्यक्रम संचालन गरिने उल्लेख छ ।
तिलागुफा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६३ कराेड ११ लाख ५४ हजार ८२२ करोड बजेट ल्याएको छ । नगर उपप्रमुख शाहिले बजेट प्रस्तुत गर्दै नगरको विकासमा लागि ६३करोड ११ लाख ५४ हजार ८२२ रहेको बताए । नगरले सडक पूर्वाधार, सम्पदा र विपद् व्यवस्थापनलाई बजेट विनियोजनमा प्राथमिकता दिएको छ ।
१३ औं नगरसभामा तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्यायले तिलागुफा नगरपालिकाकाे बिकासका लागि सबैकाे हातेमालाे आबश्यक रहेकाे बताए । उनले, संघिय सरकारले दिदै आएकाे अनुदान कटाैति हुदा नगरकाे समृद्धिमा केही समस्या पैदा हुने बताए ।