५ कार्तिक २०८१, सोमबार

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक विदा


सुर्खेत । कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवत्ता नीधिराज न्यौपानेले बताए ।

‘२०७९ साल चैत्र २९ गते बसेको मन्त्री परिषद्को बैठकले असार १५ गते धान दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।’ उनले भने,‘जुम्ला बाहेक कर्णाली प्रदेशका नौ जिल्लामा विदा हुने भएको छ ।’

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले गत चैत १२ गते नै सार्वजनिक बिदा दिएको थियो ।