१५ माघ २०८१, मंगलवार

खस भाषाकाे चलचित्र गाेठ केही दिनमा प्रर्दशन हुने


कालीकोटः जिल्लामा हुने बालविवाहले भोग्नु परेको समस्याका विषयमा चलचित्र निर्माण भएको छ । खस भाषाको उद्गमथलो कर्णालीलाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको खस भाषाको चलचित्र गोठ प्रर्दशन हुने भएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा छायांकन गरिएको चलचित्र अवको केही दिनमा प्रर्दशन गरिने भएको छ । कर्णालीका बालबालिकाले भोग्नु परेको बालविवाह, बहुविवाह, जातिय भेदभाव, गरिवी, अशिक्षा र महिनावारीका बेला भोग्न परेका समस्यालाई चलचित्र मार्फत उठान गरिएको चलचित्रका निर्देशक आयुष शाहीले बताएका छन् ।
सुदूर तथा मध्यपश्चिमका बालबालिकाको भोगाईमा आधारित चलचित्रमा पश्चिम क्षेत्रका आम मानिसको जनजीवन र कथा समेटिएको चलचित्रका निर्देशक तथा लेखक शाहीले बताए । ‘मध्य तथा सुदरका बालबालिकाले भोग्नुपरेका समस्या चलचित्रमा उतारिएको छ ।
‘नेपाली खस भाषाको उद्गम स्थलमा खस भाषा र त्यही प्राकृतिक सुन्दरताले भरिपूर्ण भूमिमा छायांकन गरिएको चलचित्रले वास्तविकता ओकल्ने आश गरिएको छ । चलचित्र कर्णालीका हरेक गाउँ बस्तीमा प्रर्दशन गरिने भएको छ ।