२१ बैशाख २०८१, शुक्रबार

ललिता निवास जग्गा प्रकरणमा म छानबिनका लागि तयार नै छुः पूर्वप्रधानमन्त्री भट्टराई


सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफु प्रधानमन्त्री हुँदा आफुले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफु सघाउन तयार रहेको भट्टराईले बताएका छन् । पार्टीले सञ्चालन गरेको अभियानलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलनमा ललिता निवास जग्गा प्रकरणमा आफु छानबिनका तयार रहेको बताएका हुन् ।

‘म प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् एउटा निर्णय भएको रहेछ ।’ उनले भने,‘यो बिषयमा छानबिन भयो भने म सघाउन तयार छु ।’

लतिला निवासको जग्गा प्रकरणमा त्यो निर्णयले राज्यलाई हानी नोक्सानी भएको भए तुटी भएको भए आफु त्यसका लागि तयार नै रहेको भट्टराईले बताए ।

शासकीय स्वरुप बदल्नु पर्ने अवस्था आइपुगेको बताएका छन् । प्रत्यक्ष प्रणालीमा जानुपर्ने भट्टराईले बताए । ‘केन्द्रमा प्रत्यक्ष प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री बनाउनु बनाउनु पर्छ ।’ उनले भने,‘सांसदहरु पनि जातीय कलष्टर अनुसार प्रतिस्पर्धा गराउनु पर्छ ।’

अहिले कसैको पूर्ण बहुमत नभएका कारणले गठबन्धन जुनसुकै बेला भत्किन सक्ने भट्टराईले बताए ।

देशमा भएका भ्रष्टाचारका काण्ड बहुदलिय व्यवस्थादेखि काण्ड घट्ने गरेको अहिले पनि शक्ति हुँदा काण्ड हुने गरेको त्यसको अन्त्यका लागि अब उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने उनको भनाई थियो । ‘बहुदलीय व्यवस्था आएदेखि २०४६ सालदेखि अहिलेसम्म काण्ड काण्ड नै भएका छन् ।’ उनले भने,‘ती काण्डहरुको स्वतन्त्र छानबिन गरेर दोषी देखिए सबैलाई कारवाही गरौं ।’