सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा भूकम्प पीडितलाई १ लाख सहयोग
धनराज विक
माल्टा (युराेप) । सुदूरपश्चिम सेवा समाज माल्टाले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई १ लाख सहयोग गरेकाे । सुदूरपश्चिम सेवा समाज माल्टाको पहलमा यरोपको माल्टा देशमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सहयोग संकलन गरी भूकम्प पीडितलाई पठाएका हुन् ।
भूकम्प पीडितकाे पीडामा माल्टामा बसेका नेपालीहरूकाे तर्पफबाट केही राहत पठाइएकाे सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्नाले बताए । समाजका महासचिव शिव बिकले जाजरकोटका भूकम्प पीडितलाई सहयोग गर्न माल्टामा रहेका नेपालीहरूले सहयाेग गरेकाे बताए ।
संस्था स्थापना भएकाे छोटो समयमै सुदूरपश्चिम सेवा समाज माल्टाले मानवीय सहयोगको काम गर्दै आएको कोषाध्यक्ष दिनेश नगरीले बताए । । बाजुराका भूकम्प पीडितलाई नगद ७२ हजार सहयोग गरेको र अहिले जाजरकोट भूकम्प पीडितलाई नगद १ लाख सहयोग गरिएको नगरीले बताए । संस्थाका उपाध्यक्ष जनक कुँवरले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्नको लागि मंसिर २ गते समाजसेवी एवम् राजनीतिज्ञ चन्दा ऐरको खातामा आफूले १ लाख पठाएको बताए ।
संस्थाका सल्लाहकार संयोजक नरेन्द्र बहादुर पाण्डले रकम संकलनको लागि पटकपटक भुर्चुअल बैठक बसि संस्थामा छलफल गर्ने गरेको बताए । देशलाई अफ्ठयारो परेको बेला सबैले सहयोग गर्ने हो । सुखदुःखमा साथदिन र मानविय सहयोग गर्नकै लागि संस्थाको स्थापना गरिएको पाण्डे बताउँछन् ।
कार्तिक २३ गते शुक्रबार मध्यरातमा गएको भूकम्पबाट १५४ जनाले ज्यान गुमाएका थिए भने धेरै जना घाईते भएका थिए । भूकम्पले घरहरु चर्केर बस्नै नमिल्ने भएपछि धेरैजना विस्थापित भएकाछन् र अहिलेपनि त्रिपालमूनी बस्दै आएकाछन् । वैदेशिक रोजगारमा यरोपको माल्टामा आएका सबै नेपालीलाई समेटेर संस्थाले राम्रो काम गर्दै आएको छ । सुदूरपश्चिम सेवा समाज माल्टा आफूलाई घरजस्तै लाग्ने गरेको भर्रखरै माल्टामा कामगर्न पुगेका कैलालीका तपेन्द्र परियार र अछामका कमल पुरकोटीले बताए ।
धनराज बि.क. । ३ मंसिर २०८०, आईतवार ०९:०९