२४ बैशाख २०८१, सोमबार

नगर अस्पतालकाे अनुगमन


 

कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–४ मा रहेको नगर अस्पतालको अनुगमन गरिएको छ । अस्पतालमा बिरामीलाइ दिइने उपचार सेवा, अस्पतालमा विरामिका लागि औषधिको प्रयाप्तता, चिकित्सा सामग्रिहरुको उपल्व्धता लगाएतका विषयमा अनुगमन गरिएको थियो ।

वान हार्ट वल्डवाईडको आर्थिक सहयोगमा ग्रामिण विकास तथा प्रयावरण संरक्षण मञ्च (भिडिसेफ) नेपालबाट संचालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना मार्फत नगर अस्पताल राचुलीको अनुगमन गरीएको थियो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावतले स्थानीय सरकारले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताईन् । उनले राचुली अस्पतालमा अप्रयाप्त सामाग्रीहरु विभिन्न संघसंस्थाले सहयोग गरिरहेको अवस्थामा नगरपालिकाले गरेको व्यबस्थापन प्रति धन्यवाद व्यक्त गर्नुका साथै नागरिकको स्वास्थयको रक्षागर्नु स्थानिय सरकारको जिम्मेवारि रहेको बताईन्।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख शंकेत विश्वकर्माले नगर अस्पतालले स्वास्थ्य सेवा कार्यालयसंग निरन्तर समन्वयत्मक भुमिका खेल्नु पर्ने बताए । उनले नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि परियोजनाले विभिन्न कार्यक्रम गरिरहेको अबस्थामा नगरपालिका भित्रका नागरिकलाई विभिन्न माध्याम बाट परामर्श सेवा विस्तार गरि स्वास्थय सेवा लिन आग्रह गर्नुपर्ने धारण राखे। उनले हामी सधै नकारात्मक मात्र हुने भएकाले अव सवै क्रियाकलापहरुलाई सकारात्म रुपमा अगाडि लिनु पर्ने बताए । अनुगमनमा स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक बहादुर महतले नगर अस्पतालले नागरिकलाई दिने सेवामा कन्जुस्याई नगर्न आग्रह गरे ।
सो अनुगमन कार्यक्रम तिलागुफा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र शाहीले सहजिकारण गर्नु गरेका थिए । अनुगमनका क्रममा स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाका परियोजना संयोजक शेरबहादुर थापाले स्वास्थ्य कर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत प्रदान गरिने सेवाको गुणस्तर बढाउन गरिएका कार्यक्रमले स्वास्थ्य सेवा सुधारमा थप सहयोग पुर्याउन नगर अस्पताललाइ आवश्यक परेको भिडियो एक्सरे मेसिन वान हार्ट वल्र्डवाइड मार्फत उपलव्ध गराएको बताए। उनले आमा र नवजात शिशु स्वास्थ्य सेवालाई सुधार कसरी गर्नसकिन्छ भन्ने कुरामा व्यापक छलफल समेत गरेको जनाए । अनुगमनमा निमित्त समन्वय अधिकारी तिलक प्रसाद आचार्य लगायत भिडिसेफ नेपालका पदाधिकारि,वान हार्ट वल्र्डवाइडका जिल्ला संयोजकको उपस्थिति रहेको थियो ।