६ जेष्ठ २०८१, आईतवार

१४ वर्षीया किशोरीमाथि नगर प्रहरी र सरकारी कर्मचारीले सामुहिक बलात्कारको घटना सार्वजनिक


सुर्खेत । एक १४ वर्षीया बालिका सामुहिक बलात्कार रुपमा नगर प्रहरी, सरकारी कर्मचारी सर्बसाधारणले सामुहिक बलात्कार गरेका घटना सार्वजनिक भएको छ । मुगुमा १४ वर्षीया किशोरीमाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन् ।

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको मुगुका प्रहरी प्रमुख (डिएसपि) वीरेन्द्रबहादुर थापाले बताए ।

बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि बालिकाको पेटमा गर्भ छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पु¥याएका थिए ।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप रहेको प्रहरीले जनाएको छ ।