२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष युराेप भ्रमणमा 


माघ ३ पोर्चुगल (युरोप) । सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्ना सहितको एकटोली युरोप भ्रमणमा । युरोपका विभिन्न देशमा रहेका नेपालीहरु संग भेटघाट गर्ने उद्येश्यले पौष २९ गते माल्टाबाट सुरु गरेको भ्रमण टोलीसंग पोर्चुगलमा रहेका नेपालीले आफ्ना भोगाई सुनाएकाछन् ।

भेटघाटमा भेटिएका नेपालीहरुले केहीले पोर्चुगलमा खुसिका साथ बसेको अनुभव सुनाएका थिए भने केहीले लाखौं खर्च गरेर आएपनि ६ महिना देखि काम नपाएर खाली बसेको तितो अनुभव सुनाएका थिए । मणमा रहेका अध्यक्ष ठगुन्नाले युरोपमा पछिल्लो समय नेपालबाट धेरै नेपालीहरु आउने गरेको र काम नपाएका कारण मनोसामाजिक समस्याले भएका आत्महत्याका घटनाप्रति सुदूरपश्चिम सेवा समाज माल्टाको ध्यानाकर्षण भएको बताए ।

उनले भने,“ भ्रमण टोलीमा सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता एवम् नेपालमा मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या र आत्महत्या रोकथामको क्षेत्रमा लामो समय काम गरेका मनोसामाजिक परामर्शकर्ता धनराज बिक (अविरल) पनि साथमा रहेकोले आवश्यकता अनुसार मनोसामाजिक समस्या भएका व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिने छ ।”

युरोपमा रहेका नेपालीको मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याको अवस्था बारे बुझ्न भ्रमण थालिएको सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता धनराज विक (अविरल) ले बताए । नेपालीहरुको भोगाई सुन्दा निकै दुःख लागेर आयो । पछिल्लो समयमा युरोपको पोर्चुगलमा आएका धेरै नेपालीले काम नपाएर मानसिक स्वास्थ्यको अवस्था ठिक नभएको भोगाई सुनाएका थिए । मानसिक स्वास्थ्य र मनोसामाजिक समस्यामा सहयोग पुग्ने गरी सबै मिलेर काम गर्न आवश्यक देखिएको अविरलले बताए ।

युरोपको पोर्चुगल, स्पेन, फ्रान्स र ईटाली लगायतका देशहरुमा भ्रमण गरी नेपालीहरुसंग भेटेर मानसिक स्वास्थ्य अवसथाको बारे छलफल गर्ने राजेन्द्र ठगुन्नाले बताए । उनले भने, “नेपालीहरु संग भेटभयो भेटिएका धेरैले काम नपाएर तनावमा रहेको अनुभव सुनाएका थिए । त्यस्तो अनुभव सुन्दा मलाई निकै दुःख लागेको छ ।” सरकारले विदेशमा रहेका नेपालीको मानव अधिकारको रक्षाको लागि अभिभावकीय भूमिका खेल्नु पर्दछ ।

भ्रमणमै रहेकी दीपा कार्कीले पोर्चुगल आफूलाई निकै सुन्दर लागेको बताउँदै पोर्चुगल देखेर नेपालकै झल्को आएको बताईन् । यो देशको सिस्टम र नागरिकको अनुशासन मलाई राम्रो लाग्यो । सिस्टममा सबै चल्ने हो भने नेपाल पनि विश्वमै नमुना देश बन्न सक्ने उनले बताईन् । भ्रमण सहज होस् भन्नका लागि नेपालको कञ्चनपुर झलारी घरभई हाल पोर्चुगलको लुज ताभिराको भालेपोतमा बस्दै आएका चक्र ठगुन्नाले आफूले चड्ने कार समेत दिएर सहयोग गरेकाछन् ।

मंगलबार भएको नेपाली संगको छलफलमा नेपालबाट युरोप आउँदा धेरै ठूलो सपना देखेर लाखौं खर्च गरेर आएपनि ६ महिना देखि काम नपाएर खाली बस्दा तनावमा रहेको दुखेसो पोखेका थिए । अझैकति समयसम्म खाली बस्नुपर्ने हो केही थाहा नभएको भन्दै मनोसामाजिक समस्यामा रहेको उनीहरुले बताएका थिए । नेपालमा रहेका परिवारले पनि साहुको ऋणको तनाव झेल्नु परेको अनुभव भावुक हुँदै सुनाएका थिए ।