२३ बैशाख २०८१, आईतवार

शनिबारदेखि कर्णाली उत्सवको पाँचौं संस्करण शुरु हुने


सुर्खेत । ‘कुडा कर्णालीका’ पाँचौ संस्करण शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरको बुलेतालमा कर्णाली उत्सव हुने भएको छ । तीन दिनसम्म चल्ने उत्सव हरेक वर्ष फागुन ५, ६ र ७ गते हुँदै आएको हो ।
‘कुडा कर्नालीका’ नाम दिइएको उत्सवमा विभिन्न विषयमा बहस, विद्वत प्रवचन, पैकेलो (हिरो) का कथा, सांगीतिक साँझ, साहित्य साँझ प्रस्तुत गरिने आयोजक ऋृति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले जनाकारी दिए । ‘कर्णाली उत्सव, उत्सव वा बहसमा भएको लगानी, कर्णाली बाहिरका सरोकारवालाको कर्णालीप्रतिको प्रेम, नीतिसम्बन्धी बहसको महत्व लगायतका विषयमा मन्तव्य राखिनेछ ।’ उनले भने,‘यसमा बिशुद्ध कर्णालीका विकासका बिषयमा बहस हुनेछ ।’
उत्सव तीन दिन चल्ने, पहिलो दिन ‘प्रकोप र पुनःनिर्माण’, दोस्रो दिन ‘समाज, साहित्य र विकास’, तेस्रो दिन ‘लोकतन्त्र र सुशासन’ विषयमा केन्द्रित रही त्यसभित्र विभिन्न शीर्षक राखेर बहस गरिने लम्सालले बताए । ‘पहिलो दिन तीनवटा विषयमा विपद् केन्द्रित बहस हुनेछ ।’ उनले भने,‘भूकम्प प्रभावित क्षेत्रका पालिका प्रमुख, भूकम्पविद् तथा सामाजिक क्षेत्रमा कार्यरत वक्ताको उपस्थितिमा ‘इपिसेन्टर’ भन्ने विषयमा उत्सवको पहिलो बहस हुनेछ ।’