२ जेष्ठ २०८१, बुधबार

नरहरिनाथ साक्षर गाउँपालिका घोषणा


कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । प्लान ईन्टरनेस्नल नेपालको सहयोग, किर्डाक नेपालको सहजिकरण र नरहरिनाथ गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा , गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह, वडाध्यक्षहरु, विद्याालयका शिक्षकहरु, संघ संस्थाका प्रमुखहरु, राजनितिक दलका प्रमुखहरुको सहभागिता साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

नरहरिनाथ गाउँपालिकाभित्र बसोबास गर्ने १५–५९ बर्ष उमेर समुहका सबै नागरिकहरुलाई न्युनतम साक्षरको अबसर प्रदान गरि पालिकालाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिका उपाअध्यक्ष कमलकुमार शाहले बताए ।

निरक्षर ब्यक्तिहरुको पहिचान गरि उनिहरुमा न्यूनतम साक्षरता सक्षमताहरुको बिकास गरि, परिस्थिति सुहाउँदो साक्षरता अबसर विधि तय गरि , साक्षरता कक्षा समेत सञ्चालन गरि गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष एवम कार्यक्रममा अध्यक्ष नगेन्द्र विष्टले बताए ।‘गाउँपालिका भित्रका १५ देखि ५९ वर्षसम्मको अम्मा जनसख्या १६३५० मध्ये पुरुष ८२०२ महिला ८१४८ मा साक्षरताका १२ वटा हरु मध्ये अधिकाश सूचकहरु पूरा गरेका सुतिशत भाक्षर रहेको जानकारी छ । बाँकी रहेका निरक्षरहरुलाई तत्काल तोकिएको मापदण्ड पूरा गर्न गाउंपालिका प्रतिवद्ध रहेको छ ।’ उनले भने,‘हालसम्मको अध्यनयन अनुसार साक्षर गाउँपालिका घोषणा गर्न न्यूनतम मापदण्ड पुगेको देखिएकाले साक्षर गाउँपालिका घोषणा गर्न गरिएको छ ।’