१७ बैशाख २०८१, सोमबार

एमाले सल्यानको अधिवेशन चैत्र १८ देखि, ३६५ प्रतिनीधि सहभागि हुँदै


शंकर केसी
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानको जिल्ला अधिवेशन मिति तय गरेको छ । यही चैत्र १८, १९ र २० गतेका लागि दशौँ जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
सोमबार बसेको जिल्ला कार्य समितिको बैठकले बैठकले अधिवेशनको मिति तय गरेको हो ।

दशौँ जिल्ला अधिवेशनमा जिल्लाभरबाट करिब ३६५ प्रतिनीधि छनौट भएर आउने एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले बताए ।

प्रतिनीधि छनौटको निर्वाचन क्षेत्र भुगोलमा वडालाई र समावेशी प्रतिनिधीको लागि पालिकालाई बनाइएको पार्टी सचिव बुढाथोकीले बताए । ‘खुलातर्फ २० जना संगठित सदस्य बराबर एक जना र दलिततर्फ १५ जना सदस्य बराबर एक जना सदस्य छनौट भएर आउनेछन् ।’ उनले भने,‘जसमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।’

अधिवेशनका लागि सफलतापूर्वक सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । जिल्ला अध्यक्ष गोविन्द पुनको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष भिमबहादुर सेनको संयोजकत्वमा प्रतिनीधि व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै जिल्ला सचिव ओजबहादुर बुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उप सचिव दानबहादुर केसीको संयोजकत्वमा आर्थिक तथा आवास व्यवस्थापन उपसमिति र अर्का उपसचिव पुष्पा बोहराको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरिएको छ ।