१७ बैशाख २०८१, सोमबार

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित


सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतवार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।