१७ बैशाख २०८१, सोमबार

हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


सुर्खेत । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार कर्णाली करिडोरको श्रीनगरबाट अदानचुली गाउँपालिकाको बारीगाउँ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज ११८३ नम्बरको बोलेरो जिप दुर्घटनमा परेको हो ।

जिप सडकबाट झण्डै एक सय मिटर तल खस्दा अदानचुली गाउँपालिका–५ बारीगाउँका अन्दाजी ४२ वर्षीय फागुने लोहोर र सोही गाउँपालिकाको करगाईका १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

उनकाअनुसार जिपमा चालसहित आठ जना सवार थिए । यीमध्ये ६ जना घाइते भएको र उनीहरूको उद्धार गरेर गाउँपालिका नजिकै रहेको स्वस्थ्य चौकीमा लगिएको चन्दले बताए । घाइते हुनेहरूको भने परिचय नखुलेको प्रहरीले जनाएको छ ।