विद्यालय व्यवस्थापन समितिलाई सुरक्षित खानेपानी तालिम दिइदैँ
कालीकोट । विद्यालय ब्यबस्थापन समितिलाई सुरक्षित पिउने पानीको माध्यमबाट स्वास्थ्यमा सुधार र पानीको गुणस्तर सुधारको महत्व सम्बन्धि दुई दिने तालिम आज नरहरिनाथ गाउँपालिकामा उद्घाटन भएको छ । नरहरिनाथ गाउँपालिकाका उपाअध्यक्ष कमलकुमार शाहको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा ईन्टरनेशनल नेपाल फेलोशिप नेपालको आर्थिक सहयोग नरहरिनाथ गाउँपालिकाको समन्वय र आईएनएफ नेपाल कालिकोट शाखाको आयोजनमा तालिम उद्घाटन भएको हो ।
कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक र निर्माण समिति गरि १५ जनाको सहभागी रहेको छ । कर्णाली प्रदेस सरकारले बिधालय स्वक्षता नीति २०७९ निर्माण गरिसकेको र नेपाल सरकारले २०८१ मा ९९ प्रतिसत बिधालयमा पिउने पानिको ब्यबस्थापन गरिसक्ने लक्ष्य रहेको र ४० प्रतिसत विद्यालयमा शुरक्षित पिउने पानिको ब्यबस्थापन गरिसक्ने लक्ष्य राखेको भएपनि नरहरिनाथ गाउँपालिकाका केही विद्यालयमा खानेपानीको अभाव देखिन्छ ।
तालिमको उद्घाटनमा बोल्दै नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले नरहिनाथ गाउँपालिकाका थुप्रै विद्यालयमा सरकारको आयोजना र थुप्रै सँघ सँस्थाको सहयोगमा शुद्ध खानेपानीको व्यबस्थापन भईसकेको बताए । उनले निर्माण सम्पन्न भईसकेका योजनाको संरक्षण गर्नु पर्ने र नयाँ योजनालाई दिर्घकालीन सोचका साथ निर्माण गर्नुपर्ने बताए ।
उपाध्यक्ष शाहले तालिममा सिकेका कुराहरुलाई सहभागीहरुले आफ्नो विद्यालय र टोलस्तरमा लागुगर्न पनि सुझाब दिए ।
तालिमको सहजिकरण नरहरिनाथ गाउँपालिकामा कार्यरत खापासटे टेकबहादुर बोगटीले गर्ने छन ।
चन्द्र भट्टराई । २५ चैत्र २०८०, आईतवार १३:२३