१ जेष्ठ २०८१, मंगलवार

दुर्गम गाउँमा स्वास्थ्य शिविर सम्पन्न


कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ उच्छब गाउँमा संम्भावित क्षयरोग बिरामीहरुको स्क्रिीन तथा एकिकृत स्वास्थय शिविर सम्पन्न भएको छ । बिभिन्न रोगका बिरामीहरुको स्वास्थ्य जाँच गरेर शिविर सम्पन्न भएको हो ।

नरहरिनाथ गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले आयोजना गरेको शिविरमा सेवाग्राहीहरुका लागि अल्ट्रा साउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगाएतका सेवाहरुको सुविधा रहेको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख मानबहादुर सहकारीले बताए ।

शिविरमा आँखाको परीक्षण अन्र्तगत मोतिबिन्दु ३ जना, एलर्जी ११ जना र अन्य आँखा सम्बन्धि ४६ जनाले परिक्षण गरेको शाखा प्रमुख सहकारी बताए ।

त्यस्तै, गर्भवती स्वास्थ्य जाँच परीक्षण १० जनाले गरेका थिए भने एक जनालाई रिफर समेत उनले बताउ । खकार ल्याव जाँच ५४ जना, एचआईभी जाँच ३ जना, हेपाटाइटिस बि १२ जना, युपिटि १ जना, भिडिआरयल १२ जनाले परीक्षण गरेको उनले जानकारी दिए ।

बहिरङ्ग सेवा अन्र्तगत सामान्य चेकजाँच एक सय ९० जनाले गरेका थिए भने, हाईपरटेन्सन ५ जनामा देखिएको थियमे । त्यसमध्ये १ जनालाई रिफर गरिएको छ ।एक्सपाईलरी १२ जनामा पोजेटिज देखिएको छ । स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेको बस्ती र क्षयरोग बढी रहेको आँकलन गरिएको उच्छबमा शिविर गरिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।