१ जेष्ठ २०८१, मंगलवार

नरहरिनाथमा बालबिवाह राेक्न सडक नाटक


कालीकाेट: बालबिबाह राेकथामका लागि थुप्रै खालका गतिबधि सन्चालन हुँदै आईरहेका छन ।कालिकाेट जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा पनि बालबिबाह न्यूनिकरण अझै हुन सकेकाे छैन। बालबिबाह न्युनिकरणका लागि सरकार, सँघ सँस्था हरुले जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेका छन ।प्लान ईन्टरनेसनल नेपालकाे आर्थिक सहयाेग किर्डाक नेपालकाे सहजिकरण र नरहरिनाथ गाउँपालिकाकाे समन्वय मा जनता माध्यमिक बिधालय रुप्सा मा सडक नाटक कार्यक्रम सम्पन्न भयकाे छ।
नाटक मार्फत समुदायलाई सजक बनाउन नरहरिनाथ गाउँपालिका वडा न २ काे साझा आवाज युवा क्लबले रुप्सा पुगेर सडक नाटक प्रर्दशन गरेकाे हाे। नरहरिनाथ गाउँपालिकामा सन्चालित शसक्त बालिका परियाेजना अन्तर्गत बालबिबाह न्यूनिकरण सम्बन्धि सडक नाटक कार्यक्रममा साझा आवाज यूवा क्लबका अध्यक्ष जिबन बि क काे अध्यक्षतामा र नरहरिनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मान बहादुर सहकारीकाे प्रमुख आतिथ्यतामा र जनता माध्यामिक बिधालयका बिधार्थि, शिक्षक अन्य सराेकारवाला र स्थानिय हरुकाे उपस्थितिमा सम्पन्न भयकाे हाे । वडालाई बालबिबाह मुक्त वडा घाेषणा गर्ने र वालबिबाह सम्बन्धि जनचेतना जाेगाउनका लागि याे सडक नाटक कार्यक्रम रुप्सा मा गरियकाे साझा आवाज यूवा क्लबका अध्यक्ष जीवन बि क ले बताए।सडक नाटक कार्यक्रममा नाटक मार्फत यथार्थ समाजमा बालबिबाहबाट परेकाे असर,एउटा यूवाले बाल बिबाह गरेकै कारण घर व्यवहार चलाउन बैदेसिक राेजगारमा जानुकाे पिडा,उमेर नपुगेरै आमा बन्न पुगेकि किशाेरीकाे दर्दनाक मृत्यु भयकाे कुरालाई नाटक मार्फत प्रर्दशन गरेका थिय । सडक नाटक कार्यक्रमा बाेल्दै प्रमुख अतिथि एवम् वडा न ५ का अध्यक्ष मान बहादुर सहकारीले सडक नाटकले किशाेर किशाेरीलाई सचेतन जगाउन महत्त्वपूर्ण भुमिका खेलेकाे र यस्ता क्रियाकलपलाई वडा टाेल सम्म पुर्याउँदा झन प्रभावकारी हुने बताए ।
उनले भने सडक नाटकले वास्तविक समाजकाे कुरा चित्रण गरेकाे छ। कार्यक्रममा शिक्षक धर्मराज बिष्ट , अभिभाबक मान बहादुर सहकारी,स्वास्थ्यकर्मी अमरबहादुर सहकारीले आफ्नाे भनाई राखेका थिए।