४ बैशाख २०८२, बिहीबार

नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो, रोहितको शतक


काठमाडौं । टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो ।

२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेले। रोहितले ५४ बलमा ११२ रनमा आउट भए । उनले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरे ।

दीपेन्द्र सिंह ऐरीले २४, कुशल भूर्तेल र कुशल मल्लले १६–१६, विवेक यादवले ७ र अनिल साहले ५ रन बनाए । साथै, गुल्शन झाले ९ र प्रतिश जीसीले ५ रन जोडे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेद म्याककोइडले २÷२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले र एलिक एथेनाजेले ४७ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरी, अविनाश बोहरा, र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।